३० असार २०८३, मंगलबार 1784084112
Banner

बल्र्डकपको उपाधि जित्ने आशा राखेको फ्रान्स सेमिफाइनलमै स्तब्ध, स्पेन फाइनलमा प्रबेश

काठमाडौं । विश्वकप उपाधिको बलियो दाबेदार फ्रान्स सेमिफाइनलमै स्पेनसँग स्तब्ध बनेको छ । बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–० गोलले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

विश्वकपको पहिलो सेमिफाइनलमा स्पेनले आफ्नो पकड मजबुत बनाएको थियो। दोस्रो हाफमा पेद्रो पोरोले उत्कृष्ट गोल गरेपछि प्रतियोगिताको प्रमुख दावेदार मानिएको फ्रान्सविरुद्ध स्पेनले २–० को अग्रता लिएको थियो।

खेलको ५८ औं मिनेटमा टोटेनहामका राइटब्याक पोरोले स्पेनका लागि दोस्रो गोल गरे। उनले डानी ओल्मोसँग पेनाल्टी बक्सभित्र सुन्दर ुवान–टुु पास खेल्दै फ्रान्सेली गोलकिपर माइक मेग्नानलाई पूर्ण रूपमा छक्याएर सानदार गोल गरेका थिए।

यसअघि पहिलो हाफको २२ औं मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत स्पेनलाई सुरुवाति अग्रता दिलाएका थिए।
दुई गोलले पछि परेपछि डालस स्टेडियममा उपस्थित फ्रान्सेली समर्थक र बेन्चमा रहेका मुख्य प्रशिक्षक दिदिएर डेसक्याम्प्स स्तब्ध देखिएका छन्। कप्तान किलियन एम्बापेले खेलमा खासै जादु देखाउन सकेका छैनन् । स्थिति सुधार्न फ्रान्सले दोस्रो हाफको सुरुवातमै पहेँलो कार्ड पाइसकेका एड्रियन राबियोटको सट्टा ओरेलियन चुआमेनीलाई मैदान पठाएको थियो भने ५५ औं मिनेटमा ब्राड्ली बारकोलालाई झिकेर देसिरे दुएलाई उतारेको थियो। तर, मिडफिल्डमा स्पेनका रोड्रीले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका सबै रणनीति असफल बनाइदिएका छन्। यो सँगै स्पेन दोस्रोपटक विश्वकपको फाइनलमा प्रबेश गरेको छ ।