७ श्रावण २०८३, बिहिबार 1784825033
समाचार

पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँग सम्बन्धी आयोगहरु गठन गर्नुपर्ने भन्दै प्रदर्शन

काठमाडौं । विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँग सम्बन्धी आयोगहरु गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आम द्वन्द्वपीडित समूदायले आफूहरुसंग सम्वाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पीडितको अर्थपूर्ण सहभागिताबिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन नसक्ने स्पष्ट पारे ।द्वन्द्वपीडितका समस्या समाधानका लागि द्वन्द्वपीडित समूदायसंग सम्वाद र अर्थपूर्ण सहभागीता सुनिश्चित गर्न समेत माग गरेका छन् ।