काठमाडौं । जबरजस्ती श्रमको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरूको आयातविरुद्ध अमेरिकाले भारतसहित १७ देशबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाएको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशहरुबाट आयात हुने सामानहरूमा थप १० प्रतिशत भन्सार महसुल लगाएका हुन् ।
अमेरिकाले भारतसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, अर्जेन्टिना, कम्बोडिया, क्यानडा, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, इन्डोनेसिया, जोर्डन, मलेसिया, मेक्सिको, ट्रिनिडाड एन्ड टोबागो र बेलायतमाथि १० प्रतिशतको भन्सार महसुल लगाएको हो ।
अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयले शुक्रबार व्यापार ऐन १९७४ को दफा ३०१ अन्तर्गत उक्त निर्णय गरेको हो । अमेरिकाका नयाँ भन्सार शुल्कहरू शुक्रबार (जुलाई २४)बाट लागू भएको छ ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार, जबरजस्ती श्रमको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरूको आयातका सम्बन्धमा कडा कदम चाल्न असफल भएका देशहरूविरुद्ध यो कारबाही गरिएको हो ।

