८ श्रावण २०८३, शुक्रबार 1784927285
Banner

षडयन्त्रको सिद्धान्तः बदनाम देखाएर कमजोर बनाउने

पुष्कर कडेल, ललितपुर

“वास्तवमा राजनीति वैचारिक नै हुनुपर्छ। चाहे त्यो दक्षिणपन्थी अर्थात पुँजीवादी होस् कि वामपन्थी अर्थात समाजवादी। तर हामी भने भ्रामक नकारात्मक भाष्य र विषाक्त लोकप्रियतावादमा रमायौं मात्र होइन, खराब पात्रको देवत्वकरण गरेर आफ्नै पहिचान र भविष्य संकटमा पार्दैछौं। अहिले जे भइरहेको छ, यो परिवर्तन होइन, आत्मघात हो।”

देशलाई संकटबाट जोगाउने हो भने हामीले राजनीतिको चरित्रलाई बुझेरमात्र हुँदैन, बुझाईअनुसार व्यवहार पनि गर्न सक्नुपर्छ। राजनीतिक पात्रहरूलाई पनि चिन्नुपर्छ। परिवर्तनको मतलब एउटाको ठाउँमा अर्को आउनु होइन। परिवर्तन त सधैं सकारात्मक र गुणात्मक हुनुपर्छ। परिवर्तनले विधिको शासन अर्थात सुशासनको ग्यारेण्टी पनि गर्नुपर्छ। परिवर्तनले राजनीतिक स्थिरता र संवैधानिक गतिशीलतालाई मन, वचन र कर्मले स्विकारेको हुनुपर्छ।

आज परिवर्तनका नाममा राजनीतिक नेतृत्वलाई बदनाम देखाउने र कमजोर बनाउने षडयन्त्रको सिद्धान्तले काम गरेको स्पष्ट देखिन्छ। त्यसैले त भद्रकाली खरानी ग्याङ ३५ वर्षमा केहि पनि भएको थिएन र पुराना जति सबै खराब भन्ने गलत भाष्यको साहारामा आफ्नो राजनीति जोगाउने कसरतमा लागेको छ।

हामी नेपालीहरू अति मूर्ख हुँदैछौं किनभने आतंकलाई क्रान्ति र आतंककारीलाई क्रान्तिकारी देख्छौं। भ्रामक नकारात्मक भाष्यमा सुन्दर र सुरक्षित भविष्य खोज्छौं। खराब पात्रको देवत्वकरणमा रमाउँछौं। विचारहिन राजनीतिलाई चिन्दैनौं। सत्यतथ्य बुझ्ने चेष्टा नै गर्दैनौं। हाम्रो यो कमजोरी हो, हाम्रो यहि कमजोरीलाई भद्रकाली खरानी ग्याङले सुवर्ण अवसर ठानेको छ र बनायो पनि। त्यो षडयन्त्र पनि थियो।

हामीले षडयन्त्रको सिद्धान्तको नियत बुझ्नका लागि ईतिहासका राजनीतिक घटनाहरूलाई राम्ररी बुझ्नुपर्छ। १७ सालको प्रतिगमन र त्यसपछिका घटनाहरूलाई विश्लेषण पनि गर्न सक्नुपर्छ। त्यतिबेला नेपाली कांग्रेसलाई बदनाम गराउन र कमजोर बनाउन तत्कालिन राजा महेन्द्रले कांग्रेसको झण्डा बोकाएर गाउँ गाउँमा लुटपाट गर्न लगाएका थिए।

“त्यतिबेला त्यो षडयन्त्रलाई जनताले चिन्न सकेनन् र कसैलाई साराप्नु पर्यो भने तेरो घरमा कांग्रेस पसोस् भन्ने गरिन्थ्यो।” अहिले त्यहि प्रवृत्ति र प्रकृतिको झल्को दिने गरी बालेन नेतृत्वको भद्रकाली सरकारले दलको नेतृत्वलाई बदनाम देखाउन सत्ता, सञ्चार र सामाजिक सञ्जालहरूको व्यापक दुरूपयोग गरिरहेको छ। अख्तियारमाथिको दबाब र गाडी पार्किङ प्रकरण षडयन्त्रको अर्को रूप थियो। वर्षायामको मुखमा सुकुम्बासीहरूको बिचल्लीले त यो सरकारको सामन्ती चरित्र चिनाएको छ किनभने गरिखाने वर्गलाई बालेन मन पराउँदैनन्।

२०८२ भदौंको दुई दिने आतंकपछि हतार(हतारमा बाह्य स्वार्थबमोजिम भद्रकालीको आशिर्वादसहित चुनावको मुखमा रवी र बालेनको फ्युजन गराइएको थियो। त्यो फ्युजनमा न कुनै राजनीतिम दृष्टिकोण थियो न त कुनै सांगठनिक ढाँचा नै। त्यो त केबल देश खरानी बनाउनु ठीक थियो भन्ने भाष्य स्थापित गर्नु थियो र लोकतान्त्रिक गणतन्त्र खासगरी परिपूर्ण लोकतन्त्रको पक्षधर राजनीति र नेतृत्वलाई कमजोर बनाउनु थियो।

हामीले ईतिहास र विश्व घटनाहरूलाई हेर्ने र बुझ्ने प्रयत्न गरेनौं। “युक्रेनीयनहरूले सन् २०१४ मा एउटा कमेडीयन भोलोदीमिर जेलेन्स्कीलाई राष्ट्रपति बनाए, अहिले त्यसको नमिठो प्रतिफल युक्रनीयनहरूले भोग्दैछन्।” जेलेन्स्कीले अनावश्यक रूपमा पश्चिमको उक्साहटमा आएर रूससँग युद्ध गरेर युक्रेनलाई द्वन्द्वमा फसायो र कमजोर बनाउँदैछ। त्यस्तै हामीले २०८२ सालमा एउटा र्यापर बालेन साहलाई प्रधानमन्त्री बनाएका छौं। त्यसको प्रतिफल भोग्ने समय आउँदैछ। छिमेक सम्बन्ध बिगार्न प्रधानमन्त्री बालेन संसदको रोष्टममा उभिएर “हामीले पनि भारतको सिमा मिचेका छौं” भन्छन्। त्यसैगरी एक चीन नीतिका विरूद्ध देखिने गरी दलाई लामाको जन्मदिन मनाउने वातावरण बनाउँछन्।

बालेन नेतृत्वको सरकारको चरित्र न लोकतान्त्रिक छ न त नियत नै लोकतान्त्रिक प्रणाली बलियो र जनमुखी बनाउनु छ। यो सरकार त लोकतान्त्रिक प्रणाली प्रयोग गरेर लोकतान्त्रिक प्रणाली र देश नै खतम बनाउने रणनीतिबाट निर्देशित भइरहेको देखिन्छ। दलाई लामाको जन्मदिन मनाउन सघाउने सरकारबाट देशको हित हुनेवाला छैन, हामीले बुझ्नुपर्छ।

“सुकुम्बासीको बिचल्ली बनायो,
दलाई लामाको जन्मदिन मनायो।
सामन्तीहरूको पक्षमा देखियो,
गरिखाने वर्गको विपक्षमा उभियो।”

फागुन २१ को जानदेश थियो कि ।।

देशरु यति छोटो समय मै प्रश्न उठ्ने अवस्था बन्नु भनेको त्यो जनादेश थिएन भन्ने नै हो। त्यसमा भद्रकालीको आशिर्वाद थियो भन्न संकोच मान्नुपर्ने अवस्था रहेन।

आज यी कुरा भन्दा वाहियात भन्लान, तर समयान्तरमा त्यहि वाहियात भन्नेहरू पछुताउने छन र भन्नेछन्, “हामीले षडयन्त्रको चक्रव्युह बुझ्नै सकेनौं।” जबकि त्यतिबेलासम्म ढिलो भइसकेको हुनेछ। देशले ठूलो मुल्य चुकाइसकेको हुनेछ। हगि सक्यो दैलो देख्यो भन्ने अवस्था हुनेछ।

हाम्रो बुझाई, मनोविज्ञान र निर्णयमा कतै तालमेल देखिन्न। मतलब हामी सत्य जान्ने, न्याय र प्रगतिको पक्षमा उभिने र लोकतान्त्रिक प्रणालीको चरित्र र मुल्यमान्यतानुसार चल्ने प्रयत्न गर्दैनौं। यो नै हाम्रो ठूलो कमजोरी थियो। हाम्रो यहि कमजोरीलाई देश र लोकतन्त्र विरोधीहरूले आफ्नो सफलताको भर्याङ बनाए।

हिजो हाम्रो त्यो कमजोरी थियो, राजनीतिमा हामीले विचार हेरेनौं, नेतृत्वमा असल चरित्र खोजेनौं, भ्रामक नकारात्मक भाष्यमा रमायौं र गलत पात्रलाई देवत्वकरण गरेर गल्ती गर्यौं। आज त्यसको परिणाम भोग्दैछौं। गणेश नेपालीको आत्मदाह त्यहि परिणामको एउटा नमिठो उदाहरण हो। तैपनि अझै हामी हाम्रो कमजोरी महसूस गरिरहेका छैनौं।

गणेश नेपालीको आत्मदाहलाई लिएर सामाजिक सञ्जालमा दिपक विष्ट व्यङ्ग्यात्मक ढंगले लेख्छन्, “सक्नेले सिंहदरबार जलाउँछ, संसद भवन जलाउँछ, देश खरानी बनाउँछ र प्रधानमन्त्री बन्छ। नसक्ने गरीब निरीहले आफैंलाई जलाउँछ।” यो व्यङ्ग्यले गरेको संकेत हामीले बुझ्न सक्नुपर्छ।

यतिबेला हामीले बुझ्नैपर्छ, “आफ्नो जीवनलाई आफैले नेतृत्व गर्न सक्नुपर्छ अन्यथा दास भइन्छ। तर हाम्रो शिक्षा व्यवस्थाले हामीलाई मालिक होइन, दास बनाउँदैछ। जबसम्म यो खालको शिक्षा व्यवस्था कायम भइरहछ, तबसम्म देशमा नागरिक मालिक बन्न होइन, दास बन्न रमाईरहन्छ, नकारात्मक भाष्यमा अलमलिरहन्छ, विषाक्त लोकप्रियतावादमा आफ्नो भविष्य देखिरहन्छ।”

जबसम्म हामीले शिक्षा व्यवस्थालाई सान्दर्भिक र वैज्ञानिक अनि लोकतान्त्रिक प्रणालीलाई परिपूर्ण बनाउन सकिन्न तबसम्म प्रेम आचार्य र गणेश नेपालीहरूको आत्मदाहबाट मृत्यु भइरहन्छ। भदौं आतंकको साइड ईफेक्ट बजार मुल्यदेखि लिएर नागरिकको मनोविज्ञानमा देखिन थालेको छ।

आलाकाँचो नेतृत्वले परिपक्वता देखाउन सक्तैन भन्ने कुरो ओली(लेखक पक्राउ प्रकरणदेखि लिएर विष्णु पौडेल माथिको मुद्दाले स्पष्ट पारेको छ। पौडेललाई अदालतले साधारण तारिखमा छोड्नु भनेको छ। विष्णु पौडेललाई हिजो किन समातियोरु भन्ने प्रश्नको स्पष्ट उत्तर, नेतृत्वलाई बदनाम देखाएर कमजोर बनाउने नै हो। जबकि मालपानीसँग प्रत्यक्ष लाभ प्रधानमन्त्री बालेन आफैंले लिएको देखिन्छ। गएको चुनावमा बालेनले चढेको गाडी मालपानीको कृपामा मिलेको थियो।