काठमाडौं : सभामुख डीपी अर्यालले सांसदहरूलाई बोल्नकै लागि नियमापत्ति नगर्न निर्देशन दिएका छन्। छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविक भएपनि बोल्नको लागि नियमापत्ति गर्ने कार्य शोभनीय नदेखिने उनको भनाइ छ।
सांसदहरूलाई निर्देशन दिँदै उनले भने, ‘बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविकै हो। यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो, सो भन्दा बाहिर गई आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य अशोभनीय देखिँदैन।’
नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्नेगरी नियमापत्ति गर्दा सान्दर्भिक हुने उनको भनाइ छ।

