२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:31 am
Banner

राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश

सूचना प्रेस २०८३ आश्विन ८ बिहिबार ००:००, १५:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । राजनीतिक विष्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गरेर तारेख गर्न आदेश दिएको हो ।

दाहालको पक्राउविरूद्व छोरी डेनी दाहालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । दाहालले ‘ग्रे(जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका थिए । उनलाई प्रहरीले साइबर अपराधको आरोपमा असोज ४ गते मोरङबाट पक्राउ गरेको थियो ।