४ आश्विन २०८१, शुक्रबार 1726831730
Banner

प्रधानमन्त्री देउवा धनगढीमा

कैलाली: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा बस्नु भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार बिहान धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । बेसमेन्ट(जमिन मुनीको तला सहित) छ तल्ले यो भवनमा ३५ कोठा रहेका छन् ।

नेपाल सरकार र उपमहानगरपालिका कार्यालयको रु सात करोड २३ लाखको लागतमा यो भवन निर्माण भएको कार्यालयका इन्जिनीयर उपेन्द्र भट्टले जानकारी दिनुभयो । 

देश सङ्घीय संरचनामा गएसँगै उपमहानगरपालिका कार्यालयमा बढेको कर्मचारीको सङ्ख्याका कारण देखिएको कार्यकक्षको अभावले दैनिक कार्य सम्पादन गर्न समस्या देखिएको र सेवाग्राहीसमेतलाई सेवा प्रवाह गर्न समस्या भइरहेको अवस्थामा यो नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो । यसअघि आजै प्रधानमन्त्री देउवा कञ्चनपुर जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।