काठमाडौं । भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परीक्षण गरिएकामध्ये ८।१८५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । बिहीवार दिल्लीमा १ हजार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।
दिल्लीमा सक्रिय संक्रमितको संख्या ४ हजार ८४३ रहेको छ । अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । कोरोनाबाट १ जनाको मृत्यु समेत भएको छ ।