२१ श्रावण २०८३, बिहिबार 1786013577
समाचार

महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको मृत्यु भएको हो ।

खोला छेउको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि बुधबार साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा बाढीले एक्कासि बगाउँदा बस्नेत बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।