४ आश्विन २०८३, आइतबार 1789936066
अर्थ

नेपाल बैंक लिमिटेड र चितवन ऊर्जा लिमिटेडबीच कर्जा सम्झौता

काठमाडाैं । नेपाल बैंक लिमिटेड र चितवन ऊर्जा लिमिटेडबीच सो कम्पनीद्वारा प्रवर्द्धित लोवर हुग्दीखोला जलविद्युत आयोजना (४.७५ मे.वा. क्षमता) निर्माण तथा सञ्चालन गर्न कुल परियोजना लागतको कर्जा–इक्विटी अनुपात ७०:३० कायम रहनेगरी कर्जा तथा सुविधाहरू प्रदान गर्ने सम्झौता भएको छ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन ऊर्जा लिमिटेडको तर्फबाट सञ्चालक गोपाल प्रसाद निरौलाले हस्ताक्षर गरे। नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले वित्तीय व्यवस्थापनका लागि नेपाल बैंक लिमिटेडलाई अवसर प्रदान गरेकोमा चितवन ऊर्जा लिमिटेडलाई धन्यवाद ज्ञापन गर्दै परियोजनाको सफलतापूर्वक निर्माण तथा सञ्चालन गर्नका लागि शुभकामना व्यक्त गरे। साथै, चितवन ऊर्जा लिमिटेडका सञ्चालक निरौलाले नेपाल बैंक लिमिटेडको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै परियोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।