१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:22 am
अर्थ

बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, ६० अर्बको निक्षेप संकलन

सूचना प्रेस २०८३ श्रावण २२ शुक्रबार ००:००, ११:५० बजे १ मिनेट पढाइ

काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज नेपाल राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकले ३१ दिनको लागि उक्त निक्षेप बोलकबोलमार्फत संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार शुक्रबार दिउसो ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि कम्तीमा १० करोड बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकमसम्म आवेदन गर्न पाउने ब्यवस्था गरिएको छ।

निक्षेप संकलनको उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट “क”, “ख”र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् । संकलित निक्षेपको सावा ब्याज भुक्तानि भदौ २२ गतेलाई तोकिएको छ।