२४ श्रावण २०८३, आइतबार 1786299989
समाचार

ब्लास्टिङपछि कर्णाली करिडोरमा पहिरो


सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना–६ अन्तर्गत फुटा भिरको चट्टान  खसेर पहिरो गएको छ । नेपाली सेनाले निर्माण गरिरहेको करिडोरको पलाँता गाउँपालिका–घाटापारी क्षेत्रमा आइतबार निर्माण कार्यका क्रममा ब्लास्टिङ गरेपछि चट्टान खसेर पहिरो गएको हो ।

स्थानीय राजु बमका अनुसार, चिरा परेर बसेको स्थानभन्दा केही अगाडि नेपाली सेनाको निर्माण कार्यदलले सडक निर्माणका लागि ब्लास्टिङ गरेको थियो । ब्लास्टिङपछि माथिबाट चट्टानसहितको पहिरो खसेको हो ।

हाल पहिरो रोकिएको छ । कर्णाली नदी भने नथुनिएको बमले जानकारी दिए । उनका अनुसार, पहिरोका कारण तत्काल नदीको बहावमा अवरोध सिर्जना भएको छैन ।

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको सडक निर्माणको काम गरिरहेको छ । करिडोर