काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवमाथि अनुसन्धान सुरू गरेको छ
। आयोगले देउवा प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका भानु देउवा र प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको छानबिन थालेको हो ।
आयोगले परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, बैंक खातालगायत वित्तीय विवरण, जग्गाजमिन तथा शेयरसम्बन्धी विवरण संकलन गरिरहेको छ ।

