काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई गुन तिर्नुपर्ने बताएका छन् ।
संसदीय मामिलमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा कुरा गर्दै उनले लामिछानेलाई आफूले गुन लगाएको र तिर्नुपर्ने बताएका हुन् ।
लामिछानेलाई अप्ठ्यारो पर्दा आफूले साथ दिएको उनले खुलाएका छन् । लामिछाने सहकारी ठगी, संगठित अपराध र सहकारी ठगी कसूरमा जेल बसेका बेला आफू भेट्न गएको पनि उनले स्मरण गरे ।
‘रवि लामिछानेजीले मलाई गुन तिर्नुपर्छ,’ उनले भने, ‘पहिला उनलाई अप्ठ्यारो पर्दा मैले साथ दिएको थिएँ ।’
अहिले पनि लामिछानेसँग आफ्नो कुरा उनले उनले बताए । ‘हाम्रो धेरै कुराकानी हुन्छ, अहिले पनि भइरहेको छ,’ उनले भने ।

