काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले गगन थापाले काँग्रेस लुटेर लगेको आरोप लगाएका छन् ।
आज इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई हतियार बनाएर काँग्रेस लुटेर लगेको र त्यो क्षम्य नहुने बताएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगलाई हतियारको रूपमा प्रवेश गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन। सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ। हामीले न्याय पाउने विश्वास गरेका छौँ।’
सर्वोच्च अदालत कही राहत महसुस भएको उल्लेख गर्दै उनले न्याय पाउने विश्वास व्यक्त गरे ।

