काठमाडौं । बाढीपहिरो, प्राकृतिक विपत्ति तथा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको प्रभाव निर्जीवन बीमा कम्पनीहरूको वित्तीय विवरणमा देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीहरूको समग्र खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ थियो। एक वर्षमै करिब १ अर्ब ८० करोड रुपैयाँले नाफा घटेको हो।
कम्पनीगत वित्तीय विवरणअनुसार प्रभु इन्स्योरेन्सबाहेक अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घटेको छ। प्राकृतिक विपत्तिका कारण बढेको दाबी, दाबी भुक्तानीको भार, सञ्चालन खर्च तथा विगतका क्षतिको प्रभावले कम्पनीहरूको नाफामा दबाब परेको देखिन्छ।

प्रभु इन्स्योरेन्सले भने प्रतिकूल अवस्थामा पनि नाफा बढाएको छ। कम्पनीले गत आर्थिक वर्षमा २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको २० करोड ५८ लाख ६० हजार रुपैयाँको तुलनामा १९ प्रतिशत बढी हो।
यता राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १९.४५ प्रतिशतले घटेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। नाफा घटे पनि कम्पनी उच्च नाफा आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको सूचीमा देखिएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफामा पनि उल्लेख्य गिरावट आएको छ। कम्पनीले गत आर्थिक वर्षमा ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.७४ प्रतिशत कम हो।
नेशनल इन्स्योरेन्स कम्पनी भने गत आर्थिक वर्षमा नोक्सानीमा गएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ करोड १० लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको वित्तीय विवरणमा उल्लेख छ।
निर्जीवन बीमा कम्पनीहरूको नाफामा आएको गिरावटले बीमा व्यवसायमा बढ्दो जोखिम र दाबी भुक्तानीको दबाबलाई समेत उजागर गरेको छ। बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा दाबी परेपछि कम्पनीहरूको आम्दानीको तुलनामा दाबी व्यवस्थापन र भुक्तानीको भार बढेको देखिन्छ।
कसकाे कति ?
| कम्पनी | २०८२/८३ |
| ओरियन्टल इन्स्योरेन्स | ४,९०,४५३ |
| सलिको | ३७,५६,४६ |
| राष्ट्रिय बीमा कम्पनी | ३,४४,४३७ |
| हिमालयन एभरेष्ट | ३,३७,८८५ |
| सिद्धार्थ प्रिमियर | ३,२६,८५२ |
| नेको इन्स्योरेन्स | २,८८,३२१ |
| प्रभु इन्स्योरेन्स | २,४६,४४३ |
| शिखर | १,३०,०८९ |
| सानिमा जिआइसी | १,३०,०३९ |
| नेपाल इन्स्योरेन्स | १,२७,५५० |
| युनाइटेड अजोड | ६३,०९९ |
| एनएजली इन्स्योरेन्स | ५,७,८१२ |
| आइजीआइ प्रुडेन्सियल | ४०,३८ |
| नेसनल इन्स्योरेन्स |

