काठमाडौं । आजदेखि चौबीसै घण्टा भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोर सञ्चालनमा आउने भएको छ। यससँगै ग्राहकले स्टोरको ग्रोसरी सेक्सनबाट दिनरात जुनसुकै समयमा आवश्यक सामान खरिद गर्न सक्ने भएका छन्।

भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलका अनुसार भक्तपुरस्थित स्टोरको ग्रोसरी सञ्चालन हुने पहिलो तला सोमबारदेखि २४ घण्टा खुला राखिनेछ।
भक्तपुरपछि ललितपुरको पाटन र काठमाडौंको टंगालमा रहेका भाटभटेनी स्टोरलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको पौडेलले जानकारी दिए। रातभर स्टोर सञ्चालन हुने भएपछि रातिको समयमा काम गर्ने कर्मचारीका लागि थप पारिश्रमिकको व्यवस्था गरिएको छ। रातिको ड्युटीमा खटिने कर्मचारीले आफ्नो नियमित तलबमा थप २५ प्रतिशत रकम पाउनेछन्।

