काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्ट पोखराका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको जनाएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, बसाइ तथा स्पाका सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बसाइ सुविधा तथा ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। वैकल्पिक रूपमा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर पनि उक्त सुविधा लिन सकिनेछ। साथै, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याएको छ ।

