११ श्रावण २०८३, सोमबार 1785161717
Banner

बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने, खेद प्रस्ताव पारित गरौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु संसदीय गरिमाको अवमूल्यन भएको टिप्पणी गरेका छन्।

समितिले प्रधानमन्त्री देउवालाई अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता र प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी लिन बोलाएको थियो।

प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि नेता रावलले आक्रोशित हुँदै भने, ‘उहाँ बिरामी, विदेश भ्रमण वा अन्य जरुरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु संसदीय गरिमाको अवमूल्यन हो। बैठकमा आउँदिनँ भनेर सचिवालयमार्फत आउँदिनँ भन्नु खेदजनक छ। समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ।’

उनले संसदीय समितिले सरकारलाई एसपिपीमा नरहने भनेर पत्र लेख्ने निर्देशन दिनुपर्नेसमेत बताए।