काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो । तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ ।
स्रोतका अनुसार अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ । भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो । सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन् । तर त्यसको मिति हाल तय छैन । रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिटै भारत जानेछन् । उच्च तहमा उनको भेटवार्ता हुने भनिएको छ ।

