९ भदौ २०८३, मंगलबार 1787658771
समाचार

सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु

रोल्पा : सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो ।

सोमबार बेलुका ६:३० बजेको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए।

सल्यानमा खोलाले बगाएर रोल्पाको एक वृद्धको मृत्युवडाध्यक्ष वलीका अनुसार मृतक डाँगीको शव करिब तीन/चार सय मिटर तल फेला परेको हो ।