२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 8:32 am
समाचार

पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन

सूचना प्रेस २०८३ भदौ ११ बिहिबार ००:००, १६:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । उनी हिजो बिहानबाट सम्पर्कमा नरहेको परिवारलाई उदृत गर्दै नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । हिजो केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन बनेका हुन् ।

यस्तै रातोपाटीमा कार्यरत् नुवाकोट विदुर-७ बाट पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् । उनीहरूको खोज-उद्धारका लागि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।