काठमाडौं-नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

सोमबार आयोजित कार्यक्रममा कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र अन्य प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिपछि राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले कोषले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक लगानी कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

