२४ भदौ २०८३, बुधबार 1788947309
Banner

रसुवा–भोटेकोशी बाढी : ९३९ जनाको मृत्यु, ३ हजार ९ सय बेपत्ता

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ।

प्राधिकरणको सोमबार साँझ ६ बजेसम्मको अपडेटअनुसार मानवीय क्षति, बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीका साथै घाइतेको उपचार र राहत वितरणलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। अहिलेसम्म ९३९ जनाको मृत्यु भएको छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन छन्।