काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ५८ पुगेको छ । नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो । जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको छ ।
यस्तै प्रहरीले ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको पनि जानकारी दिएको हो ।

