२९ आश्विन २०८३, बिहिबार 8:39 pm
अर्थ

बाढी प्रभावितका लागि साइमेक्स बीवाईडीद्वारा ७ करोड रुपैयाँ सहयोग

काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स इन्कर्पोरेटेड प्रालिले सरकारलाई ७ करोड रुपैयाँ सहयोग गरेको छ।

साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठले ७ करोड रुपैयाँको सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सरकारलाई प्रदान गरेको जनाएको छ। हालै रसुवामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले सरकारलाई सहयोग प्रदान गरेको हो ।