काठमाडौं । हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बेलिज नेपालले नेपाल सरकारलाई ६१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मल्ल होटलमा सञ्चालित बेलिज नेपाल क्यासिनोका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताएका छन्। विपद्को पीडामा परेका नागरिकप्रति आफूहरू सधैं साथमा रहेको उल्लेख गर्दै उनले नेपाल सरकारमार्फत प्रदान गरिएको सहयोग वास्तविक प्रभावित नागरिकको घरदैलोसम्म पुग्ने विश्वास व्यक्त गरे। “राज्य र नागरिक दुवै कठिन परिस्थितिमा रहेका बेला हाम्रो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गरेका हौं। नागरिकको दुःखमा हामी साथमै छौं र हाम्रो सहयोग नेपाल सरकारमार्फत वास्तविक पीडित जनताको घर–घरमा पुग्ने उद्देश्यले यो सहयोग गरेका हौं,” अध्यक्ष श्रेष्ठले भने।
“राज्य र नागरिक दुवै कठिन परिस्थितिमा रहेका बेला हाम्रो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गरेका हौं। नागरिकको दुःखमा हामी साथमै छौं र हाम्रो सहयोग नेपाल सरकारमार्फत वास्तविक पीडित जनताको घर–घरमा पुग्ने उद्देश्यले यो सहयोग गरेका हौं,” अध्यक्ष श्रेष्ठले भने। भेटका क्रममा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार तथा विभिन्न निकायले गरिरहेको प्रयासमा निजी क्षेत्रका तर्फबाट सहयोग गर्न पाएकोमा श्रेष्ठले खुसी व्यक्त गरे।
बेलिज नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ।
सहयोग रकम ग्रहण गर्दै पर्यटन मन्त्री गणेश पौडेलले विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा महत्वपूर्ण योगदान पुग्ने बताए।

