६ आश्विन २०८३, मंगलबार 1790119911
समाचार

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि वर्तमान परिस्थितिलाई ध्यान दिँदै अहिलेका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निगमले निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ३ .३४, डिजेलमा ४.३३, मट्टितेलमा १०.१९, हवाई इन्धनमा ४.९६ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ ले मूल्य वृद्धि भएर आएको थियो।

भोटेकोशीमा आएको बाढी कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै भदौ १७ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरिएको निगमले जनाएको छ ।