२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 10:43 pm
अर्थ

बर्जर पेन्ट्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

सूचना प्रेस २०८३ भदौ २३ मंगलबार ००:००, १३:०१ बजे १ मिनेट पढाइ

काठमाडाैँ । बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि प्रदान गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। २५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधैँ प्रतिबद्ध रहने जनाएको छ ।