२७ भदौ २०८३, शनिबार 1789213122
खेलकुद

एसीसी प्रिमियर कप फाइनल : नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्धको फाइनल खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन झाले अर्धशतक बनाउँदै ५२ रन बनाएका थिए ।

त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए ।

त्यस्तै, युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए ।