२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:14 am
खेलकुद

एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित

सूचना प्रेस २०८३ आश्विन ४ आइतबार ००:००, १३:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन् । आइतबार जापानको तोयोहाशी जिम्नाजियममा महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिकालाई काजकिस्तानकी सोफिया बेरुल्टसेभाले २–१ ले पराजित गरेकी हुन् ।

एरिकाले यसअघिको संस्करणको फाइनलमा पनि बेरुल्टसेभासँगै हार व्यहोरेकी थिइन् । यस्तै, नेपाली खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ पनि सेमिफाइनलमै रोकिए । राकेश कुमुते पुरुष ५५ केजीमुनिमा उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग ७–० ले पराजित भए । मीन ६० केजीमुनिमा कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले हारे ।