हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा इभी गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको गाडी इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना भएको हो । ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते चारजना मध्ये १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौं पठाइएको हो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ । मृतकसहित घाइतेको पहिचान खुल्न बाँकी छ ।

