३० भदौ २०८३, मंगलबार 1789510243
Banner

सप्तकोशीमा २४ ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको जल सतह उच्च भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कोशी परियोजनाका अनुसार अहिले राति ९ः२५ बजेको अपडेटमा पानीको बहाव एक लाख ८९ हजार ४८० क्युसेक पानी मापन भएको छ ।

जल सतह बढेपछि ब्यारेजका २४ वटा ढोका खुलेका छन् । भारी सवारी साधनलाई पालैपालो आवतजावत गर्न दिइएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ ।

विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा समाहित हुने नदीहरुको बहाव बढेका कारण जल सतह उच्च भएको परियोजनाले उल्लेख गरेको छ । नदी किनारा आसपासका वासिन्दालाई सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।