३१ भदौ २०८३, बुधबार 1789583782
समाचार

टिकटकका संस्थापक झाङ यिमिङ बने एसियाकै धनी व्यक्ति

काठमाडौं : टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ४३ वर्षीय झाङको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेपछि उनले भारतीय उद्योगपति गौतम अदानीलाई उछिनेका हुन् ।

झाङको सम्पत्ति यसै महिना मात्रै १२ अर्ब डलरभन्दा बढीले बढेको ब्लुमबर्गको अद्यावधिक मूल्यांकनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ब्लुमबर्गले ब्ल्याक रक, फिडेलिटी इन्भेस्टमेन्ट्स र टी. रो प्राइसजस्ता लगानी संस्थाले बाइटडान्सको मूल्यांकन अद्यावधिक गरेपछि झाङको सम्पत्तिमा ठूलो वृद्धि देखिएको जनाएको छ ।

झाङको सम्पत्ति सन् २०१९ को मार्चमा ब्लुमबर्गले मापन गर्न थालेको समयमा करिब १३ अर्ब डलर थियो । पछिल्लो वृद्धिसँगै उनको सम्पत्ति त्यसयता आठ गुणाभन्दा बढी पुगेको छ ।