काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी नवौँ संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागिता जनाएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा वित्तीय सेवा उपलब्ध गराइरहेको जनाएको छ । ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हाल विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा घर तथा जग्गा खरिद र घर निर्माण कर्जा उपलब्ध गराउँदै आएको छ । प्रदर्शनीको अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्ने जनाएको छ । भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको र सोही आधारमा घर तथा जग्गा खरिद तथा घर निर्माणका लागि कर्जा लिन सकिने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकमार्फत कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीमा रहेको स्टल नम्बर ए–२१ मा सम्पर्क गर्न सक्नेछन् । बैंकका प्रतिनिधिहरूले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे आवश्यक जानकारी र परामर्श प्रदान गरिरहेका छन् ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।

