३१ भदौ २०८३, बुधबार 1789589638
अर्थ

जेभियर इन्टरनेशनल कलेजद्वारा बाढी प्रभावितलाई १० लाख रुपैयाँ सहयोग

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले हालै नेपालका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

जेभियर कम्युनिटीका तर्फबाट कलेजका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक डा. गोपाल भण्डारीले शिक्षामन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बाढी प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताअनुसार उक्त रकम प्रदान गरिएको कलेजले जनाएको छ ।कलेजले समुदायप्रतिको आफ्नो जिम्मेवारीलाई व्यवहारमा उतार्दै सहयोग गरिएको जनाएको छ ।