काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको पाँचौँ वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको हो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।
२०७८ असोज १ गते दर्ता भएको संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्दै आएको छ । यसअघि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ ।

