काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेशनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३१ लाख सहयोग गरेको छ।

केएफसी नेपालका ३१ वटै स्टोरहरूले प्रतिस्टोर रु १ लाखका दरले योगदान गरी कुल रु ३१ लाख सहयोग गरेका हुन्। उक्त रकम रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उपयोग गरिनेछ। उक्त बाढीले ती जिल्लाहरूमा मानवीय क्षति पुर्याउनुका साथै घर, सडक, पुल तथा अन्य स्थानीय पूर्वाधारमा समेत क्षति पुर्याएको छ।
देवयानी इन्टरनेशनल नेपालले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० कार्यक्रममार्फत नेपाली समुदायलाई सहयोग गर्दै आएको छ र आवश्यकताको घडीमा समुदायसँग सधैं ऐक्यबद्ध रहने प्रतिबद्धता जनाएको छ।
कम्पनीले दिवंगतहरूका शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
देवयानी इन्टरनेशनल नेपालको बारेमाः
देवयानी इन्टरनेशनल नेपाल प्रालि केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक हो र नेपालमा निरन्तर विस्तार भइरहेको एक बहुराष्ट्रिय कम्पनी हो।

