काठमाडौं । राष्ट्रलाई आवश्यक परेको कठिन परिस्थितिमा सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै बेगानी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ। कठिन समयमा राज्य र नागरिकसँग सहकार्य गर्ने आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बेगानी ग्रुपको भनाइ छ।
नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको बेगानी ग्रुपअन्तर्गत नन्दन घिउ एण्ड आयल इन्डस्ट्रिज प्रा. लि., केबीएसएएम एल्युमिनियम इन्डस्ट्रिज लि., गणपति ज्वेलर्स नेपाल प्रा. लि., टी.बी.जी. नेपाल एजुकेसन कन्सल्टेन्सी प्रा. लि., दुबाल इन्डस्ट्रिज प्रा. लि. र एस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रा. लि. रहेका छन्।
ग्रुपले गुणस्तर, विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई आफ्नो व्यावसायिक पहिचानका रूपमा अघि बढाउँदै आएको जनाएको छ। साथै, विपद् तथा संकटका समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै राष्ट्र र नागरिकको साथमा उभिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

