६ आश्विन २०८३, मंगलबार 1790081888
अर्थ

सुनचाँदी बजारमा गिरावट, सुन तोलामा १७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १७ सयले घटेर तोलाको ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ८०५ मा कारोबार भएको थियो ।