४ आश्विन २०८१, शुक्रबार 1726812020
Banner

जग्गा मामिलामा सरकारी छाप किर्ते गरेकी एमाले प्रदेश साँसद खातुन पद मुक्त

काठमाडौ- सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेश सभा सांसद गुलेफुन खातुनको पद गुमेको छ । जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि खातुनको दोष प्रमणित भएको हो ।

खातुनले मुद्दा दोहो¥याउन माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि खातुनले सर्वोच्च जानु भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहो¥याउन अनुमति नहुने आदेश जेठ २५ गते गरेको थियो ।

खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखतसमेत नक्कली बनाइ जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेकी थिइन् । एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।