४ आश्विन २०८१, शुक्रबार 1726820124
Banner

निश्चित व्यावसाय र पेशामा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुुनु राजनीतिका लागि स्वतः योग्य नहुने बताउनुभएको छ ।

रवि लामिछानेप्रति लक्षित गर्दै महासचिव पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’

पूर्व पत्रकार रवि लामिछानेले हिजोमात्र नयाँ पार्टी दर्ताका लागि निवेदन दिदै आफू पूर्ण रुपमा राजनीतिमा आएको उद्घोष गर्नुभएको थियो।