९ भदौ २०८३, मंगलबार 1787689658
Banner

संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि

काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा सुरु हुँदै छ।

संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरु हुन लागेको हो ।

रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गर्नुभएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गर्नुभएको थियो ।