१८ आश्विन २०८३, आइतबार 10:49 am
Banner

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा

काठमाडौँ : नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए ।

‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीूरुबाट सुझाव आएको छ,’ उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’

इमान्दार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो ।