काठमाडौँ : नेपाली कांग्रेसले एक वरिष्ठ उपसभापतिकाे पद सिर्जना गरेर ५ जना पदाधिकारीकाे थप गर्ने भएकाे छ।
महामन्त्री प्रदीप पौडेल नेतृतवको समिति विधान संशोधन समितिको ११:३० मा बस्ने बैठकले वरिष्ठ उपसभापतिसहित ५ जना पदाधिकारी संख्या थप्ने सिफारिस गर्न लागेकाे हाे।
कांग्रेसमा अहिले सभापति एक, उपसभापति २ महामन्त्री २, सहमहामन्त्री ११ जना रहने व्यवस्था छ।
विधान संशोधन समितिका सदस्य ईश्वरी न्याैपानेले पदाधिकारीकाे संख्या बढाउने विषयमा छलफल भइरहेको बताइन्।
वरिष्ठ एक उपसभापति , एक महिला उपसभापति, एक महिला महामन्त्री, खुलातर्फ २ सहमहामन्त्रीकाे संख्या थप्ने तयारी छ। कांग्रेस हाल सभापति एक, उपसभापति २, महामन्त्री २ रसहमहामन्त्रीको संख्या ११ छ।
अब वरिष्ठसहित उपसभापतिको संख्या ४, महामन्त्री ३ र सहमहामन्त्रीको संख्या १३ पुर्याउन लागिएकाे छ। अहिले दुई महामन्त्री रहेकाेमा महिलाका लागि एक महामन्त्री पद थप्न लागिएको छ।

