२१ आश्विन २०८३, बुधबार 10:08 am
राजनीति

महिलाले कोटामा मात्रै होइन, खुला प्रतिस्पर्धा गर्न सक्नुपर्छ भनेर समावेशीमा पुगे : सीता गुरुङ

काठमाडौँ। नेपाली कांग्रेसकी उपसभापतिकी उम्मेदवार सीता गुरुङले महिलाहरुले सदैव आफ्नो कोटा प्रयोग गर्न नहुने बताएकी छिन्। उनले कोटामा एकपटक लडेपछि त्यसबाट बाहिर निस्कन सक्नुपर्ने बताइन्।

बुधबार बिहान भृकुटीमण्डपम गुरुङले भनिन्, ‘मैले एकपटक महिला कोटाको उपयोग गरिसकेँ। अब त्योभन्दा बाहिर आएर प्रतिस्पर्धा गर्नुपर्छ भनेर उम्मेदवारी दर्ता गरेकी छु।’

गुरुङले समावेशी तर्फको उपसभापतिमा उम्मेदवारी दिएकी छन्। उनीसँग उद्योगपति विनोद चौधरी काङ्ग्रेसका निवर्तमान सह महामन्त्री द्वय जीवन परियार र फर्मुला मनसुर सहितका नेताहरू प्रतिस्पर्धामा छन्।

महिला कोटातर्फको उपसभापति पद रहे पनि त्योभन्दा बाहिर निस्किएर आफूले समावेशी तर्फको उपसभापतिमा प्रतिस्पर्धा गरेको गुरुङको भनाइ थियो।

१४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष तर्फ चुनाव जित्ने एक मात्र महिला थिइन्।