९ भदौ २०८३, मंगलबार 1787692267
Banner

न्यायाधीश कोइरालालाई काम गर्न रोक

काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्य सम्पादनमा रोक लगाएको छ।

न्यायाधीश कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलबीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको अडिओ समाचारमाथि छानबिन गर्न न्यायपरिषदले छानबिन समिति गठन गरेको छ।

आज बसेको न्यायपरिषद बैठकले सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय विस्तृत जाँचबुझ समिति गठन भएको र न्यायाधीश कोइरालालाई काम गर्न रोक लगाएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो।