२१ आश्विन २०८३, बुधबार 4:45 pm
समाचार

व्यवसायी शंकरलाल अग्रवाललाई रिहा गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शंकरलाल अग्रवाललाई रिहा गर्न अस्वीकार गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अग्रवाललाई न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले रिहा गर्न अस्वीकार गरेको हो ।

सर्वोच्च प्रशासनले बन्दीप्रत्यक्षीकरणको रिट दरपिठ गरेपछि अग्रवालको तर्फबाट इजलासमा निवेदन दिइएको थियो। इजलासले पनि रिट दर्ता नगर्ने प्रशासनको आदेशलाई सदर गरेको हो।

यसअघि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको थियो।