२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:19 am
राजनीति

दीपक भट्टसहित २०जनाविरुद्ध अर्को मुद्दा

सूचना प्रेस २०८३ आश्विन २३ शुक्रबार ००:००, १६:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ। हिमालयन रिइन्स्योरेन्स कम्पनीले एलियट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा भएको हो।

विभागको अनुसन्धानबाट एलियट इन्स्योरेन्स ब्रोकर प्रालिबाट विभिन्न इन्स्योरेन्स कम्पनीका रिइन्स्योरेन्स हिमालयन रिले प्राप्त गरेको देखाउँदै कमिसनबापतको रकम पटकपटक गरी २८ करोड भुक्तानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

इन्स्योरेन्स कम्पनीले गर्दै नगरेको बिमा देखाएर एलियट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई कमिसनबापतको रकम भनेर दिइएको छ। उक्त रकम दीपक भट्टलाई बुझाइएको विभागको दाबी छ। भट्टले एलियट इन्स्योरेन्स ब्रोकर कम्पनी सासू अन्जना नेपालका नाममा स्थापना गरेको देखिएको छ।