धादिङ : त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा आज दिउँसो ३:१० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक पुनः सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ।

